घरजग्गाको पूँजीगत लाभकर घट्यो, नगरपालिकाभित्र ५, महानगरमा १० प्रतिशत



काठमाडौं । सरकारले आगामी आवको बजेट मार्फत घरजग्गामा पुँजीगत लाभकरको दर घटाएको छ ।

आव २०७६–०७७ को बजेट मार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले महानगरपालिका र उपमहानगरपालिकाभित्रको घरजग्गा कारोबारमा १० प्रतिशत र नगरपालिकामा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ ।

चालु आवसमम घरजग्गा कारोबार गर्दा देशैभर १० प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको छ ।


क्लिकमान्डु