अर्थमन्त्री डा. खतिवडाले बजेटमार्फत ल्याए सेयर बजारको लागि यस्तो योजना
काठमाडौं । अर्थमन्त्री डा. युवराव खतिवडाले धितोपत्रको दोस्रो बजारमा निश्चित कारोबार गर्ने भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान) सहितको विवरण नेप्से तथा सिडिएससी राफसाफ प्रणालीमा आबद्व गरिने छ ।
सेयर करोबारमा पुँजीगत लाभकरको गणना भारित औसत विधिबाट गणना हुने भएको छ ।
सेयर लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न हाल प्राकृतिक व्यक्तिलाई लाग्दै आएको करको दर ५ प्रतिशत कायम गरिएको छ ।
धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को संस्थागत सुधार गरिने छ। गैर आवासिय नेपालीले दोस्रो बजार बाट पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने छ । संघीय संसदमा आगामी आवको बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले सबै कराोबार गर्नेै गरी धितोपत्र बजार फराकिलो बनाउने बताएका छन् ।
कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, निक्षेप तथा सुरक्षण कोषको वित्तीय विवरण एकिकृत रुपमा प्रकाशन गर्ने व्यवस्था मिलाईने भएको छ । ट्रस्टि ऐन बनाएर सेयर अभौतिकीकरण र सिडिएससी लगायतका कार्य व्यवस्थित गरिने भएको छ ।
सबै प्रकारका ऋणपत्र र धितोपत्रको कारोबार विद्युतीय प्रणालीबाट गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने उल्लेख छ । सरकारी ऋणपत्र खरिद र बिक्रीका लागि अनलाइन प्रणाली विकास गरिने भएको छ ।