बजेट आउने दिन यसकारण देखियो सेयर बजारमा सुधार



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको समयमा सेयर बजारमा हरियाली देखिएको छ । बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार आउनुका साथै कारोबार रकममा पनि सुधार देखिएको छ ।

आगामी आवको बजेट मार्फत लगानीकर्ताका लागि पुँजीगत लाभकर ७।५ प्रतिशत नै अन्तिम हुने चर्चासँगै लगानीकर्ताहरु हौसिएका छन् । यसले गर्दा पनि बुधबारको कारोबारमा सुधार देखिएको बताइएको छ ।

नेप्से मापन गर्ने सूचक ८.३९ अंकले बढेर १३१३.८८ बिन्दुमा रोकिएको छ । बुधबारको कारोबारमा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.११ अंकले बढेर २७९.९२ बिन्दुमा रोकिएको छ ।

१७३ कम्पनीको २६ लाख २८ हजार ४२० कित्ता सेयर ९० करोड ८ लाख ५ हजार ९६० रुपैयाँको सेयर कारोबार भएको छ । १२ समूको कारोबारमा ट्रेडिङ र जीवन बीमा समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य सबै समूहको उपसूचकमा सुुधार देखिएको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको २० करोड ४० लाख ६८ हजार रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै प्रभु बैंक र अप्पर तामाकोशी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

हिमालन डिस्ट्रिलरी, स्पर्श लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनीका लगानीकर्ताले कमाउँदा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, युनाइटेड मोदी हाईड्रोपावर, ज्योती विकास बैंकको लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु