एनआईसि एसिया ग्रोथ फण्डको प्रति इकाई खुद सम्पति मूल्यमा सुधार
काठमाडौं । एनआईसि एसिया ग्रोथ फण्डको प्रति इकाई खुद सम्पति मूल्य बैशाखमा ११ रुपैयाँ ३५ पैसा रहेको छ । चैतमा भने प्रति इकाई खुद सम्पति मूल्य १० रुपैयाँ ७१ पैसा रहेको थियो ।
बैशाखसम्ममा फण्डको सुचिकृत सेयरमा लगानी ५५ करोड ३९ लाख २२ हजार ८७२ रुपैयाँ रहेको छ । चैतमा ५२ करोड ९० लाख ८७ हजार रुपैयाँ रहेको थियो । फण्डका सूचिकृत सेयरमा लगानी चैतको भन्दा बैशाखमा बढेको देखिएको छ । यस्तै सूचिकृत नभएको सेयरमा २ करोड ४६ लाख २ हजा २८८ रुपैयाँ रहेको छ ।
चैतमा यो रकम २ करोड ७४ लाख ३९ हजार १९० रुपैयाँ रहेको थियो । फण्डको मुद्दति निक्षेपमा ८ करोड ३५ लाख रुपैयाँ रहेको छ । चैतमा पनि यो रकम यति नै रहेको छ । चैतको तुलनामा मुद्दति निक्षेपमा लगानी बढेको छैन ।
फण्डको बैशाखमा बैंक मौज्दात २६ करोड ३ लाख ३५ हजार ११ रुपैयाँ रहेको छ । चैतमा २२ करोड ८७ लाख ६ हजार ४०४ रुपैयाँ रहेको थियो ।