राती ११ बजेसम्म खटिएका अर्थमन्त्री बिहानै अर्थमन्त्रालयमा, कर्मचारीको तलब बढ्ने
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा बजेट निर्माणमा पछिल्लो साता अत्याधिक खटिएका छन् ।
मंगलबार राती ११ बजेसम्म अर्थमन्त्रालयमा खटिएका खतिवडा बिहानै अर्थमन्त्रालयमा पुगेर बजेटलाई फाइनल गरेका छन् ।
अर्थमन्त्री खतिवडालाई अर्थसचिव राजन खनाल र राजस्व सचिव लालशंकर घिमिरे तथा बजेट महाशाखा प्रमुख हरिशरण पुडासिनीले सहयोग गरेका छन् । अर्थमन्त्रालयले यो पटक योजना आयोगले दिएको पुरानो सिलिङभन्दा बढीले बढाएर बजेट ल्याउन लागेको छ ।
अर्थमन्त्री खतिवडाले बृद्धभत्ता बढाउने र कर्मचारीको तलब बढाउने देखि लिएर खुद्रे कार्यक्रम बजेटमा ल्याउन लागेका छन् ।
मन्त्रीपरिषद्को बैठकले बजेटलाई पास गरेपछि अर्थमन्त्री खतिवडाले संघिय संसद्मा ४ बजेट बजेट सार्वजनिक गर्ने छन् ।
बजेटमा ८ प्रतिशतको आर्थिक बृद्धिदर राखिने छ । विगतदेखि नै सुरु भएका राष्ट्रिय गौरवका आयोजनालाई बजेटले प्राथमिकता दिने छ । यसबाहेक लोकप्रिय हुने खुद्रे आयोजना बजेटमा समावेश हुने छन् ।