दैनिक १६ घण्टा खटेर अर्थमन्त्री बजेट निर्माणमा व्यस्त, पाँच तारेको होइन क्यान्टिनको खाना खान्छन्



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा पछिल्लो समय दैनिक १६ घण्टा खटेर बजेट निर्माणमा व्यस्त छन् ।

संविधान अनुसार जेठ १५ मा बजेट ल्याउनुपर्ने हुन्छ । अर्थमन्त्री डा खतिवडाले आफ्नो कार्यकाल तथा शक्तिशाली कम्युनिष्ट सरकारको दोस्रो बजेट बुधबार संघीय संसदमा पेश गर्दैछन् ।

अर्थमन्त्री खतिवडा पछिल्ला सातादेखि बजेट निर्माणको लागि दैनिक १६ घण्टा काम गरिरहेका छन् ।

‘अर्थमन्त्रीले दैनिक १६ घण्टा काम गर्नु भएको छ, बजेट निर्माणको हरेक ब्रिफिङ प्रधानमन्त्रीलाई दिनु भएको छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

बजेट निर्माणमा अर्थमन्त्री खतिवडालाई सहयोग गर्न खटिएको टोलीले पनि दैनिक १६ घण्टाभन्दा बढी काम गरेर बजेट निर्माण गरिरहेको छ ।

अर्थमन्त्री खतिवडा सहित बजेट निर्माणमा सक्रिय रहेको टोलीले अर्थमन्त्रालयको क्यान्टिनबाट खाना र खाजा मगाएर काम गरेको छ ।

‘पहिले जस्तो पाँचतारे होटलबाट खाना ल्याउने काम अघिल्लो वर्षदेखि नै बन्द भएको छ, यो पटक पनि अर्थमन्त्रालयको क्यान्टिनबाट खाना र खाजा खाएर अर्थमन्त्रालयको टिम बजेट निर्माणमा व्यस्त रहेको छ,’ अर्थमन्त्रालयका एक अधिकारीले भेन ।

बिष्णु पौडेल अर्थमन्त्री भएको बेला अर्थसचिव रहेका हालका मुख्यसचिव लोकदर्शन रेग्मीले पाँच तारे होटल द्वारिकाबाट बजेट निर्माणको क्रममा खाना मगाएका थिए । अघिल्लो वर्ष पनि अर्थमन्त्री खतिवडाले क्यान्टिनकै खाना र खाजामा बजेट निर्माण गरेका थिए ।


क्लिकमान्डु