एकवर्षमा सेयर बजारमा थपिए ३ लाख लगानीकर्ता



काठमाडौं । काठमाडौं । एक वर्षको अवधिमा सेयर बजारमा दुई लाख ७६ हजार ८५१ जना लगानीकर्ता थपिएका छन् ।

अर्थ मन्त्रालयले संघिय संसदमा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको आठ महिना (फागुन मसान्त)सम्ममा हितग्राही खाता खोल्ने लगानीकर्ताको संख्या १४ लाख ६३ हजार ६२६ जना रहेका छन् ।

गत आवको सोहि अवधिमा यो संख्या ११ लाख ८६ हजार ७७५ जना रहेको थियो । यस्तै आव २०७४/७५ मा १२ लाख ८६ हजार ४९३, आव २०७३/७४ मा ८ लाख ६६ हजार ९३६ र आव २०७२/७३ मा ३ लाख ५१ हजार ४२५ जना रहेका छन् ।
चालु आवको फागुनसम्म आईपुग्दा निक्षेप सदस्य संख्या ६९ पुगेको छ । गत आवको सोहि अवधिमा ६६ रहेको थियो । यस्तै आव २०७४/०७५ मा ६८, आव २०७३/७४ मा ६० र आव २०७२/७३ मा ५६ रहेको थियो ।

गत फागुन सम्ममा दर्ता भएका कम्पनीको संख्या २०१ पुगेको छ । गत आवको सोहि अवधिमा १९१ रहेको थियो ।

यस्तै आव २०७४/७५ मा १९४, आव २०७३/७४ मा १८७ र आव २०७२/७३ मा १९२ रहेको थियो ।

यता अभौतिकृत धितोपत्रको संख्या पनि बढ्दै गएको छ । गत फागुनसम्ममा ४ अर्ब १२ करोड ७६ लाख ३२ हजार १३० रहेको छ ।

गत आवको सोहि अवधिमा ३ अर्ब ५४ करोड १९ हजार ५३६ रहेको छ । आव २०७४/७५ मा ३ अर्ब ६७ करोड ७९ लाख ८९ हजार ४३६, आव २०७३/७४ मा २ अर्ब ३६ करोड ९५ लाख ४८ हजार २९६ र आव २०७२/७३ मा २७ करोड ५ लाख ३८ हजार ३१६ रहेको थियो ।


क्लिकमान्डु