सेयर बजार निराशाजनक, सूचकसँगै बढेन कारोबार रकम



काठमाडौं । सेयर बजारमा सामान्य सुधार हुँदा कारोबार रकम पनि बढन सकेको छैन । बजारमा नयाँ पैसा नआएको र भएको पैसा नै घुमि रहेकोले कारोबार रकम बढन नसकेको बताइन थालेको छ ।

सोमबार ५१ करोड ९५ लाख ५६ हजार ७९३ रुपैयाँको सेयर कारोबार भएको छ । यो दिन नेप्से मापन गर्ने सूचक जम्मा ०.३४ अंकले बढेर १३०२.९६ बिन्दुमा रोकिएको छ । १७० कम्पनीको १७ लाख १ हजार ६४ कित्ता सेयर किनबेच भएको छ ।

११ समूहको कारोबारमा ८ वटा समूहको उपसूचक बढेको छ भने बाँकीको गिरावट आएको छ । बैंकिङ ०.९६, निर्जीबन बीमा १५.८९, जीवन २८.६२ अंकले घट्दा उत्पादन तथा प्रशोधन समूहको उपसूचक ३७.६६, अंकले बढेको छ ।

कारोबार रकमको आधारमा शिवम् शिमेन्ट अग्रस्थानमा रहेको छ । शिवमको ७ करोड ३१ लाख ७८ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यसैगरी कारोबार रकममा अग्रस्थानमा हुने कम्पनीमा प्रभु बैंक, नेपाल बैंक, अप्पर तामाकोशी हाईड्रोपावर रहेका छन् ।

सोमबारको कारोबारमा स्पर्श लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स, सानिमा इक्वीटि फण्डका लगानीकर्ताहरुले कमाएका छन भने सिजर्नी पावर डेभलपमेन्ट, छ्याङदी हाईड्रोपावर, आँखुखोला, रिलायन्स फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु