आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्रीले भने: सेयर बजार सुध्रियो



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका धितोपत्र बजार धितोपत्र बजार सुधारोन्मुख रहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै मन्त्री डा. खतिवडाले यस्तो बताएका हुन् । पछिल्लो समयमा देशको सेयर बजारमा निरन्तर उतार चढाव आइरहेको समयमा मन्त्री डा. खतिवडाको यस्तो भनाई आएको हो ।

उनले आर्थिक वर्ष २०७५–७६ मा वित्तीय क्षेत्र स्थायित्वका सूचकहरु सबल रहेको जनाएका छन् । २०७५ फागुनसम्म ७१३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुग्नुको साथै बैक तथा वित्तीय संस्थाको शाखा संख्या ४ हजार ७०१ पुगेको उनको भनाई छ ।

बीमा व्यवसाय गर्ने कम्पनीको संख्यामा भएको वृद्धिसँगै बीमा व्यवसायको आकार र कारोवारमा विस्तार भएसँगै आव २०७५–७६ को फागुनसम्म करिब १८.० प्रतिशत नागरिकमा बिमाको पहूँच पुगेको उल्लेख छ ।


क्लिकमान्डु