इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको आईपिओ खुल्ला, कति दिन पाइन्छ आवेदन ?



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले आज (जेठ १३ गते) देखि ६ लाख ४० हजार ३ सय कित्ता साधारण सेयर (आइपीओ) बिक्री खुला गरेको छ । जसमा १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ भने बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् ।

६ लाख ७४ हजार कित्तामध्ये कम्पनीले यस अघि नै ३३ हजार ७०० कित्ता सेयर म्युचुअल फण्डलाई बाँडफाँट गरेको जनाएको छ । लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिक्तम ३ हजार ३७० कित्तासम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ । इन्फिनिटीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

इन्फिनिटीको साधारण सेयरमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेको खण्डमा असार १० गतेसम्म आवेदन दिन सकिने छ । यसमा आवेदन दिनका लागि सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । इन्फिनिटीले ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ ।


क्लिकमान्डु