साढे ४८ करोड ऋण लिएर अल्का अस्पतालले नर्सिङ कलेज विस्तार गर्यो



काठमाडौं। विगत १० बर्षदेखि नर्सिङ कलेज सञ्चालन गर्दै आएको अल्का अस्पतालले ४८ करोड ५० लाख रुपैयाँ ऋण लिएर नर्सिङ कलेज विस्तार गरेको छ ।

बैंकबाट ऋण लिएर अस्पतालले ललितपुरस्थित धोविघाटमा साढे ४८ करोड रुपैयाँको घर जग्गा किनेको हो । अस्पतालले ४५ करोड ५० लाख रुपैयाँको दीर्घकालिन र ३ करोड रुपैयाँको अल्पकालिन ऋण लिएको हो ।

अस्पतालले उक्त ऋणको रेटिङ गराएको छ। केयर रेटिङले ‘एनपि ए थ्री’ रेटिङ दिएको छ ।

विगत १६ वर्षदेखि स्वास्थ सेवा प्रदान गर्दै आएको अस्पतालले यसै वर्षदेखि हेल्थ एसिस्टेन्ट र ल्यावको नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ ।

गत वर्ष अस्पतालले ५८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो भने १४ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । अस्पतालको अकुपेन्सी दर ८३.६१ प्रतिशत छ । अस्पतालमा ९४ जना डाक्टर कार्यरत छन्।


क्लिकमान्डु