टी प्लस वान भुक्तानी पद्धति कार्यान्वयनलाई लगानीकर्ताले गरे स्वागत



काठमाडौं । दोस्रो बजारमा हुने सेयर कारोबार पछिको भूक्तानी टी प्लस वान (एक दिने राफसाफ कारोबार पद्धति) सुरु हुने भएपछि सेयर लगानीकर्ताका विभिन्न संघ संस्थाले स्वागत गरेका छन् ।

सेयर लगानीकर्ताका विभिन्न चारवटा संस्था नेपाल इन्भेष्टर फोरम, नेपाल लगानीकर्ता संघ, नेपाल पुँजी बजार लगानीकर्ता संघ र नेपाल पुँजी बजार संघले संयुक्त विज्ञप्ति जारी गरेको उक्त कामको स्वागत गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले पूँजी बजारको विस्तारका लागि दिएको सुझाव कार्यान्वयन हुन लागेको प्रति ति संस्थाहरुले स्वागत गरेका छन् ।

यसअघि टी प्लस थ्री बिधिवाट राफसाथ हुने गरेकोमा अब भने एकै दिनमा राफसाफ हुने भएको छ । लगानीकर्ताहरुले पनि उक्त कार्यदललाई टी प्लस थ्रि बाट टी प्लस वान गर्न सुझाव दिएका थिए ।


क्लिकमान्डु