सेयर बजारमा गिरावट, सवा ९३ करोडको कारोबार



 

काठमाडौं । सेयर कारोबारमा लागि साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक ५.०८ अंकले घटेर १३१४.५५ बिन्दुमा रोकिएको छ । १७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता सेयर ९३ करोड २६ लाख ४४ हजार ८८७ रुपैयाँको सेयर किनबेच भएको छ । १२ समूहको कारोबारमा होटल ३५.८३, निर्जीबन बीमा कम्पनी ३.७१, अन्य ०.९२, माइक्रोफाइनान्स १.७ र म्यूचुअल फण्डको उपसूचक ०.०२ बिन्दुले बढेको छ ।

बैंकिङ ०.९५, जलविद्युत ६४.७८, जीवन बीमा समूहको उपसूचक ४४.५३ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा अप्पर तामाकोशी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । अप्परको १५ करोड ५९ लाख ६४ हजार ८४८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्ट्रिलरी र नेपाल बैंक रहेको छ । हिमालयनको ७ करोड ३ लाख ३४ हजार २३० रुपैयाँ र नेपाल बैंकको ६ करोड १४ लाख ७१ हजार ९९५ रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबारको कारोबारमा एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, मल्टिप्रपोज फाइनान्स कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, कञ्चन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंकका लगानीकर्ताले कमाएका छन् । यस्तै गुमाउनेमा हिमालयन उर्जा विकास कम्पनी, हिमालयन पावर पार्टनर, घलेम्दि हाईड्रो, यूनाइटेड मोदि हाईड्रोका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु