एनआइबीएल सहभागिता फण्डले ५ करोड इकाई बिक्री गर्ने



काठमाडौं । एनआइबीएल सहभागिता फन्डले ५ करोड इकाई बिक्री गर्ने भएको छ । ५ करोड मध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटल तथा ६५ लाख इकाई कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट बैंक दिने र ४ करोड २५ लाख इकाई मध्ये पहिलो चरणमा सर्वसाधरणका लागि १ करोड २५ लाख इकाइ बिक्री गर्ने भएको छ ।

उक्त फण्डमा जेठ १९ देखि २२ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा बिक्री नभएको खण्डमा असार १६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ । फण्डमा आवेदन दिने चाहनेले न्यूनतम १०० इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म प्रति इकाई १० रुपैयाँका दरले आवेदन दिन सकिनेछ ।

फण्डमा आवेदन दिनका लागि नेपाल इन्भेष्टमेन्ट बैकको देशभरका शाखा तथा एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट सकिने छ । यस्तै सि–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । यस फण्डलाई रेटिङ एजेन्सी ईक्रा नेपालले ३ रेटिङ दिएको छ । ं


क्लिकमान्डु