सिटी एक्सप्रेसमा आएको पैसा राष्ट्रिय वाणिज्य बैंकबाट लिन सकिने
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सुरु भएको छ ।
सम्झौता पश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्नेछन । सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सक्ने बताइएको छ ।
गत जेष्ठ ०६ गते एक कार्यक्रमकाबीच राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट कोष (ट्र्ेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।