कुमारी र नेपाल इन्भेष्टमेन्ट बैंकले कति लिन्छन निक्षेप र कर्जामा ब्याजदर,यस्तो छ (सूचि)



काठमाडौं । कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले जारी गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा यस अघिदेखि कायम भएको ब्याजदर रहेको छ । जसमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत रहेको छ । बैंकले बचत खातामा न्यूनतम २.५० देखि ६.५० प्रतिशत सम्म ब्याजदर रहेको छ ।

यस्तै बैंकले ओभरड्राफ्ट कर्जाका लागि ६ प्रतिशतमा ऋण दिने जनाएको छ । यस्तै बैंकले होम लोनमा ८ प्रतिशत, शिक्षा लोनमा ८ प्रतिशत अटोमा ८ प्रतिशतमा ऋण दिने जनाएको छ ।

बैंकको बेसरेट ११.०४ प्रतिशत रहेको छ । यस्तै लुम्बिनी विकास बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको मुद्दति निक्षेपमा १० प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले बचत खातामा न्यूनतम १ देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।


क्लिकमान्डु