सेयर बजार सुधारोन्मुख, शिवमका लगानीकर्ताले गुमाए



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । सेयर बजार ७.४९ अंकले बढेर १३१९.६३ बिन्दुमा रोकिएको छ । बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३५ अंकले बढेर २८१.२७ बिन्दुमा रोकिएको छ ।

१७१ कम्पनीको ३४ लाख ३६ हजार ९३७ कित्ता सेयर ९६ करोड ६६ लाख ९३ हजार २४९ रुपैयाँको कारोबार भएको छ । ११ समुहको कारोबार हुँदा उत्पादन तथा प्रशोधन र म्यूचुअल फण्डको उपसूचक घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ २.५९, होटल ५२.२३, जलविद्युत ६८.६३, निर्जीबन बीमा १०.९४, जीवन बीमा ४३.५९ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ६ करोड ९६ लाख २८ हजार ३७५ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः प्राइम बैंक र शिवम् सिमेन्ट रहेको छ ।

बुधबारको कारोबारमा अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, उप्पर तामाकोशी, अरुण काबेली, रैराङ हाईड्रोपावर डेभलपमेन्टद कम्पनीका लगानीकर्ताले कमाएका छन भने गुमाउनेमा घलेम्दी हाईड्रो, हिमालयन डिस्ट्रिलरी, शिवम् सिमेन्ट, सेन्ट्रल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु