४ अर्ब ८७ करोड रुपैयाँको हकप्रद आउदै (सूचिसहित)



काठमाडौं । काठमाडौं । सेयर बजारमा विभिन्न नौ वटा संस्थाको चार अर्ब ८७ करोड ३२ लाख ६८ हजार ९२१ रुपैयाँ बराबरको ४ करोड ८७ लाख ३२ हजार ६८९ कित्ता हकप्रद सेयर आउने क्रममा रहेको छ ।

अहिले यो सेयर धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ । बोर्डका अनुसार हकप्रद ल्याउने तयारीमा रहेका कम्पनीहरुको लघुवित्त वित्तीय संस्था, जलविद्युत कम्पनी,फाइनान्स कम्पनी लगायत रहेका छन् ।

हकप्रद सेयर ल्याउने तयारीमा रहेका संस्थाहरुमा सबै भन्दा बढी अपी पावर कम्पनीको २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको २ करोड २६ लाख ८० हजार कित्ता सेयर रहेको छ ।

यस्तै श्री राम सुगर मल्सिको ८९ करोड ३ लाख ९४ हजार ९८१ रुपैयाँ बराबरको ८९ लाख ३ हजार ९४९.८१ कित्ता सेयर पाइप लाइनमा रहेको छ । यता नाग्दी ग्रुप पावर कम्पनीले १६ करोड ६ लाख ६६ हजार ४४० रुपैयाँ बराबरको १६ लाख ६ हजार ६६४.४० कित्ता सेयर जारी गर्ने तयारीमा रहेको छ ।

बोर्डका अनुसार ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले ११ करोड ४ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको ११ लाख ४ हजार ५७५ कित्ता सेयर जारी गर्ने तयारीमा रहेको छ भने वमी लघुवित्त वित्तीय संस्थाले १० करोड १० लाख ८८ हजार रुपैयाँ बराबरको १० लाख १० हजार ८८० कित्ता जारी गर्ने तयारीमा रहेको बोर्डले जनाएको छ ।

यस्तै बरुण हाईड्रोपावरले २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको २५ लाख ५१ हजार ५०० कित्ता सेयर जारी गर्ने तयारीमा रहेको छ ।
यी कम्पनीहरुले ल्याउन लागेको हकप्रदको सेयरको लागि बोर्डबाट अनुमति पाएपछि लगानीकर्तालाई बिक्री गर्ने छन् ।


क्लिकमान्डु