भायनेटले ल्यायो क्रिकेट वल्ड कप मेनिया अफर



काठमाडौं । नेपालको इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले यही जेठ १६ गतेदेखि संचालन हुने क्रिकेट वल्र्ड कपलाई मध्यनजर गर्दै आफ्नो ग्राहकहरुको लागि “भायनेट क्रिकेट वल्र्ड कप मेनिया” अफर ल्याएको छ ।

यस अफर अन्तर्गत भायनेटका ग्राहकहरुले इन्टरनेट र टि.भिको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्नुहुनेछ । इन्टरनेट र टि.भि. को वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत ६००० क्यास ब्याक र ४३ इन्चको एल जि स्मार्ट एलईडी टि.भि जित्ने मौका प्राप्त गर्न सक्नुहुनेछ ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्स्ले ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्दै आएको छ । आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल विरगंज, बिराटजगर, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकहरुलाई आफ्नो इन्टरनेट र टि.भि सेवा सुचारु गरेको छ ।


क्लिकमान्डु