सेयर बजारमा गिरावट, बैंक छोडेर लगानीकर्ताको रोजाइ उत्पादन, जलविद्युत कम्पनी



काठमाडौं । सेयर बजारमा गिरावट देखिएपनि कारोबार रकममा भने सुधार नै आएको छ । सोमबार नेप्से मापन गर्ने सूचक १७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता सेयर १ अर्ब २२ करोड ५ लाख ७ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

११ समूहको कारोबारमा जलविद्युत समूहको उपसूचक १६.५९, अन्य समूहको २.७६ अंकले बढेको छ भने बाँकी नौ वठा समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ समूह ७.२७, डेभलपमेन्ट बैंक १६.५९, निर्जीबन बीमा कम्पनी ११९.२५, जीवन बीमा ८५.४४ पैसाले घटेको छ ।

कारोबार रकमको आधारमा हेर्दा सोमबार लगानीकर्ताहरु बैंकिङ भन्दा पनि उत्पादन तथा प्रशोधन, जलविद्युत दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुतर्फ आकर्षित देखिएका छन् ।

सोमबार शिवम् सिमेन्टको २५ करोड २१ लाख ६० हजार, नेपाल बैंक २३ करोड २१ लाख ९ हजार, हिमालयन डिस्ट्रिलरी ८ करोड २९ लाख ५६ हजार बुटवल पावर कम्पनीको ४ करोड ४७ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, बेस्ट फाइनान्स लगायतका लगानीकर्ताहरुले कमाएका छन भने पाँचथर पावर कम्पनी, मिथिला लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट, रिडी हाईड्रोपावरका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु