हिमाल दोलखा हाईड्रोले जेठ १४ देखि सेयर जारी गर्दै, कसले दिन पाउँछन आवेदन ?



काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनीले आयोजना प्रभावितको लागि सेयर बिक्री गर्ने भएको छ ।

हाईड्रोपावरले प्रतिकित्ता एक सय रुपैयाँका दरले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरमा आयोजना प्रभावित इलाम जिल्लाको इलाम नगरपालिका वडा नम्बर ९ र १० तथा माई नगरपालिका वडा नम्बर ९ का स्थानीयले आवेदन दिन पाउने छन् ।

न्यूनतम १० कित्ता देखि अधिकतम एक लाख कित्तासम्म जेठ १४ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाउने छन् । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा असार १३ गतेसम्म आवेदन दिने सकिने छ । यसको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

उक्त कम्पनीको सेयरमा आवेदन दिनका लागि सि–आश्वा सदस्य लिएका लक्ष्मी, सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे, एभरेष्ट, सेञ्चुरी, ग्लोबल आईएमई बैंकको जिल्लामा रहेका शाखाबाट आवेदन दिन सकिने छ । यस्तै आयोजना स्थल इलाम नगरपालिका वडा नम्बर ९, १० बाट पनि आवेदन दिन सकिने छ ।


क्लिकमान्डु