९ महिनामा ४७ अर्ब ५७ करोड रुपैयाँको सेयर नेप्सेमा सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा ९ महिनामा ४७ अर्ब ५७ करोड रुपैयाँको सेयर सूचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७५ चैत मसान्तमा ४ खर्ब ७ अर्ब ६४ करोड पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा २३ अर्ब ६० करोड बराबरको साधारण शेयर, ८ अर्ब ५९ करोड बराबरको हकप्रद शेयर, १५ अर्ब ०२ करोड बराबरको बोनस शेयर र रु.३५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल ४७ अर्ब ५७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ चैत मसान्तमा २०७ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, २६ वटा जलविद्युत्कम्पनी, ४/४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।

धितोपत्र बजार पूँंजीकरण वार्षिक विन्दुगत आधारमा २.४ प्रतिशतले ह्रास आई २०७५ चैत मसान्तमा रु.१४६२ अर्ब ५१ करोड कायम भएको छ । बजार पूँजीकरण वार्षिक विन्दुगत आधारमा २०७४ चैत मसान्तमा २३.२ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिमा बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४२.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ४९.४ प्रतिशत रहेको थियो ।

२०७४ चैत मसान्तमा १२७७.६ विन्दु रहेको नेप्से सूचकाङ्क वार्षिक विन्दुगत आधारमा ७.३ प्रतिशतले ह्रास आई २०७५ चैत मसान्तमा ११८४.० विन्दुमा सीमित भएको छ । २०७५ असार मसान्तमा नेप्से सूचकाङ्क १२१२.४ विन्दु रहेको थियो


क्लिकमान्डु