सेयर बजारमा गिरावट, कारोबार रकममा उत्साह कायमै



काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट देखिएपनि कारोबार रकममा भने बढोत्तरी देखिएको छ ।

आइतबार नेप्से मापन सूचक १.८७ अंकले घटेर १३१६.८४ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता सेयर १ अर्ब ९ करोड ३ लाख ४८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

१२ समूहको कारोबारमा विकास बैंक ८.८२, जलविद्युत ३.०३, वित्त ५.३६, उत्पादन तथा प्रशोधन समूहको १००.२६, अन्य समूहको उपसुचक १.९६ अंकले बढ्दा बैंकिङ, व्यापार, होटल, निर्जीबन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । नेपाल बैंकको २२ करोड ६८ लाख १९ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट, बुटवल पावर कम्पनी रहेको छ ।

आइतबारको कारोबारमा शिवम् सिमेन्ट, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्सका लगानीर्काहरुले कमाएका छन भने बिशाल बजार कम्पनी ग्लोबल आईएमई लघुवित्त, आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु