साढे २९ प्रतिशतले नाफा बढाएको हायात होटलले झुक्यायो लगानीकर्ता



काठमाडौं । तारागाउँ रिजेन्सी (आयात) होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा होटलले सार्वजनिक गरेको वित्तीय विवरणले लगानीकर्तारुलाई अन्योलनमा पारेको छ ।

यो अवधिमा होटल्सको बोनस र कर अघिको नाफा करिब ३५ करोड ६५ लाख ७६ हजार ३७४ रुपैैयाँ रहेको छ ।

होटलले बोनस र कर अघिको नाफा सार्वजनिक गरेका कारण लगानीकर्ताले कति लाभांश पाउने भन्नेमा लगानीकर्तामा अन्योलमा परेका छन् ।

गत आवको सोही अवधिमा २७ करोड ५४ लाख ५ हजार ७०८ रुपैयाँ नाफा कमाएको गरेको छ । यो अवधिमा होटलको नाफा २९.४७ प्रतिशतले बढेको छ ।

१ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ सेयर पुँजी भएको होटल्सको जगेडा कोषमा ७७ करोड ७७ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

होटलले सेवा बिक्रीबाट १ अर्ब ४ करोड ४८ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा तारागाँउले सेवा बिक्रीबाट ९१ करोड ५७ लाख ६८ हजार ४२७ रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९० पैसा रहेको होटल्सको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा रहेको छ ।


क्लिकमान्डु