सरकारले ऋण उठाउन थालेपछि तरलता व्यवस्थापनमा समस्या, अन्तर बैंक ब्याजदर ७% माथि



काठमाडौं । आर्थिक वर्षका अन्तिममा सरकारले आन्तरिक ऋण उठाउन थालेपछि यसको समस्या अन्तरकालिन तरलता व्यवस्थापनमा परेको छ ।

सरकारले गत बैशाख ३० देखि आन्तरिक ऋण उठाउन थालेको हो । जसमा ९१ दिने ट्रेजरी बिल्स र एक वर्षे ट्रेजरी बिल्स गरेर ३६ अर्ब रुपैयाँ सरकारले उठाउने छ ।

न्यूनतम ६ वर्षदेखि अधिकत्तम १४ वर्षे विकास ऋणपत्र जारी गरेर ५० अर्ब रुपैयाँ सरकारले उठाउने छ ।

पछिल्लो एक महिनामा अन्तर बैंकको दर साढे ६ प्रतिशतभन्दा तल थियो । कतिपय दिनमा त ६ प्रतिशतभन्दा तल समेत पुगेको थियो ।

सरकारले आन्तरिक ऋण उठाउने प्रक्रिया सुरु गरेसँगै अन्तर बैंकको दर माथि गएको हो । गतबिहीबार ७.१८ प्रतिशत ब्याजदरमा अन्तर बैंक कारोबार भएको छ ।

सरकारले आन्तरिक ऋण उठाउदा अन्तरकालिन रुपमा बैंक तथा वित्तीय संस्थालाई तरलता व्यवस्थापन गर्नको लागि समस्या पर्छ । जसले गर्दा अन्तर बैंकको ब्याजदर माथि गएको हो ।


क्लिकमान्डु