किन गर्ने जीवन बीमा ? यसो भन्छन्- महानायक राजेश हमाल (भिडियोसहित)



काठमाडौं । पछिल्लो समय जीवन बीमा हरेक मानिसका लागि अत्याबश्यक हुँदै गएको नेपाली सिने जगतका महानायक राजेश हमालको बझुाई छ ।

रोगले कुनै पेशा, जात, धर्म, लिंग नभन्ने र कुनै पनि मानिसलाई कुनै पनि बेला रोगले आक्रमण गर्न सक्ने भएकाले त्यसको उपचारार्थ सहयोगका लागि जीवन बीमा गर्नुपर्ने हमालको भनाइ छ ।

मानिसले दैनिक रुपमा सेवन गर्ने खाद्यपदार्थमा मिसावट तथा केमिकलहरुका कारण घातक रोगीहरुको सङख्यामा उल्लेख्य बृद्धि हुँदै गएको बताउँदै हमालले बीमा गरेर सुरक्षित जीवन बनाउन सबैलाई आग्रह गरे ।

‘रोग लाग्न भन्दा रोग लाग्न नदिनु निकै उत्तम उपाय हो तर घातक रोग लाग्दा धेरैको व्यक्तिगत जिन्दगीमात्र नभइ सबै परिवारनै बर्बाद भएका धेरै उदाहरण छन्,’ हमालले भने, ‘त्यसैले हामीले बीमा गर्नैपर्छ ।’

ज्योति लाइफ इन्स्योरेन्सका ब्राण्ड एम्बास्डरसमेत रहेका महानायक राजेश हमालले कम्पनीले विभिन्न ३५ घातक रोगका लागि ५० लाख बराबरको बिमा पोलीसी सार्वजनिक कार्यक्रममा उनले यस्तो धारण बताएका हुन् ।


क्लिकमान्डु