निजी क्षेत्रले अर्थमन्त्रीसँग मागे यस्ता विषयमा करमा छुट (सूचिसहित)



काठमाडौं । निजी क्षेत्रले सयुक्त रुपमा बजेटमा सम्बोधन गर्नुपर्ने विषयमा सुझाव दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले सयुक्त रुपमा अर्थमन्त्री डा युवराज खतिवडालाई भेटेर बजेटका सुझाव दिएको छ ।

प्रशासाकीय पुनरावलोकन ा लागि निवे दन दिदा सुरुको निकायमा धरौटी राखे पछि राजस्व न्यायधिकरण लगायतका निकायमा थप धरौटी राख्न नपर्ने एवं धरौटी १० प्रतिशत मात्र राख्ने व्यवस्था हुनुपर्ने बताएको छ ।

केही दिन अगाडि अर्थमन्त्री डा युवराज खतिवडाले धरौटीको सिमा बढाउने संकेत गरेका थिए ।
२०७० असार मसान्त भन्दा अगाडिको ५० हजार सम्मको बक्योता लाई मिन्हा दिइनु पर्ने उल्लेख छ ।
कृषि उत्पादन र सोको प्रशोधन उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन गर्ने (२५ प्रतिशत आय कर छुट) दिनुपर्ने माग छ ।

व्यक्तिगत तर्फ आयकरको सिमालाई बढाउन माग गरिएको छ । व्यक्तिको सम्बन्धमा ५ लाख र दम्पतिको सम्बन्धमा ७ लाखको कर छुटको सीमा गरिनु पर्ने । छुट पश्चातको पहिलो एक लाखको सट्टा रु. ३ लाखमा १० प्रतिशतले कर लाग्ने व्यवस्था हुनु पर्ने माग छ ।


क्लिकमान्डु