एनआईसी एशिया बैंकले ४ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र ल्याउने



काठमाडौं । एनआईसी एशिया बैंकले १००० अंकित दरका दरले ४४ लाख कित्ताले हुन आउने ४ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र ल्याउने भएको छ ।

“एनआई सी एशिया ऋणपत्र २०८३/८४” निष्काशनको निमित्त बंैकले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । प्रस्तावित १०.२५ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बंैकले लिएकोे छ ।

उक्त ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआई सी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिस नारायण जोशीले हस्ताक्षर गरे ।

४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ । प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो ।


क्लिकमान्डु