सेयर बजारमा सामान्य गिरावट, शिवमका लगानीकर्ता भने मालामाल



काठमाडौं । बिहीबार सेयर बजारमा गिरावट आउनुका साथै कारोबार रकममा पनि गिरावट देखिएको छ । सेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार नेप्से मापन गर्ने सूचक २.२९ अंकले घटेर १३१८.७१ बिन्दुमा रोकिएको छ ।

१७३ कम्पनीको २९ लाख ९२ हजगार ६६३ कित्ता सेयर ९४ करोड ७६ लाख ५६ हजार ५१६ रुपैयाँमा किनबेच भएको छ । ११ समूहको कारोबारमा विकास बैंक २१.२५, वित्त २.८४, निर्जीबन बीमा कम्पनी २७.२७, उत्पादन तथा प्रशोधन ९९.७४ र म्यूचुअल फण्डको उपसूचक ०.०१ अंकले बढेको छ । करोबारमा बैंकिङ ८.२४, जीवन बीमा समूहको उपसूचक १२.४ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ भने दोस्रो र तेस्रोमा क्रमशः नेपाल बैंक र एनसीसी बैैंक रहेका छन् । शिवम्को १३ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने नेपाल बैंकको ६ करोड ८१ लाख र एनसीसी बैंकको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

बिहीबार शिवम् सिमेन्ट, मल्टिप्रपोज फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, एइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताहरुले कमाएका छन भने कृषि विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु