सेयर बजारमा सामान्य सुधार, शिवमका लगानीकर्ताले गुमाए २६ रुपैयाँ



काठमाडौं । बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से सूचक ५.५५ अंकले बढेर १३२१ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५१ अंकले बढेर २८२.२५ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको ४० लाख ४३ हजार १५७ कित्ता सेयर १ अर्ब ३३ करोड ३ लाख १४ हजार २४७ रुपैयाँमा किनबेच भएको छ ।

१२ समूहको कारोबारमा बैंकिङ समूह ९.८६, ब्यापार १०.५६, डेभलपमेन्ट बैंक २५.९९ अंकले बढेको छ । ६ वटा समूहको उपसूचकमा गिरावट देखिएको छ ।

कारोबार रकमका आधारमा एनसीसी बैंक अग्रस्थानमा रहेको छ । एनसीसीको १४ करोड ८२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र शिवम् सिमेन्ट रहेको छ ।

बुधबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, बिशाल बजार कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्सका लगानीकर्ताले कमाउँदा हिमालयन डिस्ट्रिलरी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु