सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफर बिच बिप्रेषण सम्झौता



सिटिजन्स बैंक इन्टरनेसनल र भाटभटेनीमनी ट्रान्सफर बिचबिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता पश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई सेवा पुर्याउदै आएको छ ।


क्लिकमान्डु