लाभांश पाउने भएपछि एनसीसीमा खरिदकर्ताको चाप



काठमाडौं । उच्च अदालत पाटनले लाभांश वितरण गर्न बाटो खोलिदिएपछि एनसीसी सेयर खरिदका लागि चाप परेको देखिएको छ ।

मार्केट डेप्थ अनुसार अहिलेसम्म १ लाख ९२ हजार ७११ कित्ता सेयर खरिद गर्नको लागि अर्डरमा छ । यस्तै बिक्रीको लागि ७७ हजार ७६६ कित्ता सेयर अर्डरमा रहेको छ ।

एनसीसीले आर्थिक वर्ष २०७२/७३ देखि नै लाभंश वितरण गर्न सकेको छैन । एनसीसीको चुक्ता पुँजी अहिले ७ अर्ब १ करोड रहेको छ । अदालतको आदेशको कारण साधारणसभा गर्न नसकेको कारण लाभांश घोषणा भएको थिएन ।

अब लाभांश वितरण गर्न बाटो खुलेको हो । एनसीसीले बोनस सेयरबाट ८ अर्ब चुक्ता पुँजी पुर्याउन भने कुनै कठिनाई छैन ।

अहिलेसम्म १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । सेयर मूल्य २५३ रुपैयाँमा पुगेको छ ।


क्लिकमान्डु