शाइन रेसुङ्गाले भार्गव विकास बैंकलाई एक्वाएर गर्ने, राष्ट्रिय स्तरको विकास बैंक बन्ने



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र भार्गव विकास बैंक लिमिटेड बीच संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सहमती पत्रमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको तर्फवाट सञ्चालक समितीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ र भार्गव विकास बैंक लिमिटेडका तर्फवाट सञ्चालक समितीका अध्यक्ष डम्बर बहादुर थापा ले हस्ताक्षर गरे ।

शाइन रेसुङ्गाले पक्ष रुपन्देही, अर्घाखांची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ्ग, प्यूठान, बाग्लुङ्ग र चितवन गरी १० जिल्लामा कार्यक्षेत्र भएको “ख” वर्गको बिकास बैंकको रुपमा विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ । भार्गव विकास बैंक ५ जिल्ला कार्यक्षेत्र भएकोमा हाल बाँके, बर्दिया र दाङ्ग जिल्लामा शाखा कार्यालयहरु सञ्चालनमा रहेको छ ।

शाइनले पूर्णिमा विकास बैंकलाई समेत एक्वाएर गर्ने निर्णय गरिसकेको छ । जसलाई राष्ट्र बैंकले अनुमति समेत दिएको छ ।
एक्वाएर प्रक्रियापछि शाइनले राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कारोबार सुरु गर्ने छ ।


क्लिकमान्डु