ऋणमा स्टाण्डर्ट चाटर्ड आक्रमक,सिसिडी ह्वातै बढ्यो



काठमाडौं । पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने स्टाण्डर्ट चाटर्ड बैंक ऋण प्रवाहमा आक्रमक भएको छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार पछिल्लो तीन महिनामा २ अर्ब ४६ करोड रुपैयाँले बैंकले कर्जा बढाएको छ । यस्तै निक्षेप ४ अर्ब ८३ करोड रुपैयाँले बढाएको छ ।

चैत मसान्तमा आइपुग्दा बैंकको कर्जा निक्षेप अनुपात ७८.४७ प्रतिशतमा पुगेको छ । पुस मसान्तमा चाटर्डको सिसिडी रेसियो ७५.८१ प्रतिशत थियो । जबकी असोज मसान्तमा ६८.३ प्रतिशत थियो ।
विगतमा ऋण दिनको लागि प्रयाप्त स्पेश लिएर बस्ने गरेको चाटर्डले आफ्नो रणनीति पछिल्लो महिनामा परिवर्तन गरेको देखिएको छ ।

‘बजारमा प्रतिस्पर्धा बढेको हुँदा चाटर्डको पोलिसी अनुसार जान मिल्ने गरेर आक्रामक भएको हो,’बैंकका एक अधिकारीले भने ।

असारदेखि असोजसम्म अरु बैंकले आक्रामक ढंगले निक्षेप र कर्जा विस्तार गर्दा चाटर्ड सुस्ताएको थियो । असोजदेखि चाटर्ड आक्रामक ढंगले ऋण विस्तारमा लागेको देखिन्छ ।

असार मसान्तमा ६७ अर्ब ३८ करोड रुपैयाँ रहेको चाटर्डको निक्षेप असोजमा आउदा घटेर ६५ अर्ब ४७ करोड थियो । यस्तै पुसमा ६५ अर्ब ९८ करोड थियो । चैतमा चाटर्डले बल्ल राम्रोसँग निक्षेप बढाउन सफल भएको हो ।

यस्तै कर्जा तर्फ भने ४७ अर्ब ७ करोड रुपैयाँ असार मसान्तसम्ममा प्रवाह भएको थियो । असोज मसान्तमा आइपुग्दा ४७ अर्ब ८० करोड रुपैयाँ ऋण दिएको छ । पुस मसान्तमा ५० अर्ब ९६ करोड ऋण दिएको थियो । चैतमा आइपुग्दा ५३ अर्ब ४६ करोड रुपैयाँ ऋण दिएको छ ।

अरुको भन्दा सस्तो नै बेसरेट रहेको चाटर्डले पुसको तुलनामा चैतमा बेसरेट बढाएको छ । चैत मसान्तमा चाटर्डको बेसरेट ७.७४ प्रतिशत रहेको छ । पुस मसान्तमा ७.५५ प्रतिशत बेसरेट रहेको थियो ।


क्लिकमान्डु