सिटिजन्स म्युचुअल फन्ड-२ को १० करोड इकाई जेठ ९ गतेदेखि खुल्दै



काठमाडौं । सिटिजन्स म्युचुअल फन्ड–२ ले जेठ नौ गतेदेखि प्रतिइकाई १० रुपैयाँ दरको १० करोड इकाई बिक्री गर्ने भएको छ ।

१० करोड मध्ये १ करोड ५० लाख इकाई कोष प्रबद्धक सिटिजन्स बैंक इन्टरनेशनल लाई सुरक्षित राखी बाँकी रहेको ८ करोड ५० लाख इकाई बिक्री हुने भएको छ ।

बैंकले यस अघि नै पहिलो स्किम ल्याईसकेको छ । यो दोस्रो स्कीम हो । अहिले सिटिजन्स म्युचुअल फन्ड–१ सञ्चालनमा रहेको छ ।

फन्डको निष्कासन तथा बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ । उक्त फन्डमा न्यूनतम १०० इकाई देखि अधिकतम दुई करोड इकाईसम्म आवेदन दिन सकिने छ । आवेदन दिने अन्तिम समय छिटोमा जेठ १३ गतेसम्म र उक्त अवधिमा नबिकेको खण्डमा असार ८ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

इकाईमा आवेदन दिन चाहनेहरुले सीबीआइएल क्यापिटल बाटुलेघर डिल्लीबजार, सिटिजन्स बैंक इन्टरनेशनलको देशभर रहेको शाखा र धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि–आश्वा बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु