सेयर बजारमा दोहोरो अंकको सुधार आउँदा कसले कमाए, कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा देखिएको दोहोरो अंकको वृद्धिसँगै कारोबार रकममा पनि निकै सुधार देखिएको छ ।

मंगलबार नेप्से मापन गर्ने सूचक १४.१२ अंकले बढेर १३१५.४५ बिन्दुमा रोकिएको छ ।
१७० कम्पनीको ३१ लाख ६६ हजार ४६७ कित्ता सेयर १० करोड ३ करोड ७२ लाख ५८ हजार ७२९ रुपैयाँमा किनबेच भएको छ ।

कारोबार भएका १२ मध्ये ब्यापार समुहको उपसूचक घटेको छ भने बाँकीमा बढोत्तरी देखिएको छ । बैंकिङ १४.१४, होटल १७.५७, निर्जीबन बीमा कम्पनी १४५.८४ बिन्दुले बढेको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको १० करोड ७९ लाख ८५ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र कृषि विकास बैंक रहेका छन् । शिवमकाे ८ करोड ४१ लाखको कारोबार भएको छ भने कृषिको ७ करोृड ८६ लाख रुपैयाँ रहेको छ ।

मंगलबारको कारोबारमा राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनीका संस्थापक, शिवम् सिमेन्टका लगानीकर्ताले कमाएका छन् भने गुमाउनेमा सूर्योदय लघुवित्त, जोशी हाईड्रोपावर, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु