नेप्सेको वेबसाइटमा फेरि समस्या, लगानीकर्ता मारमा



काठमाडौं । केही समय यता नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या देखिन छोडेको थियो । तर मंगलबार भने पुनः वेबसाइटमा समस्या देखिएको छ । नेप्सेको वेबसाइटमा देखिएको समस्याका कारण लगानीकर्ताले सास्ती खेप्नु परेको छ ।

कारोबार सुरु भएको डेढघन्टा सम्म पनि अनलाइनमा देखिएको समस्या समाधान हुन सकेको छैन । यता नेप्सेले ब्रोकरहरुको फाइबर वेबसर्भरमा समस्या देखिएको जनाएको छ । जसका कारण लाइभ ट्रेडिङ डाटा देखिन सकेको छैन ।

जसका कारण ब्रोकर कार्यालयमा नगइ घरबाटै कारोबारको विषयमा जानकारी लिन चाहनेहरुले समस्या भोग्नु परेको छ । नेप्सेले उक्त समस्या समाधानको लागि प्राविधिक टिमले काम गरिरहेको नेप्सेले जनाएको छ ।

 


क्लिकमान्डु