सेयर बजारले पार गर्यो १३ सयकाे मनोवैज्ञानिक रेखा, शिवमका लगानीकर्ता मालामाल



काठमाडौं । नेपाल स्कट एक्सचेन्ज (नेप्से) मापन गर्ने सूचक ६.३० अंकले बढेर सेयर बजारको मनोवैज्ञानिक १३०० को घेरा पार गरेको छ । परिसूचक १३०१. ३४ बिन्दुमा रोकिको छ । १६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता सेयर ६८ करोड ६४ लाख १२ हजार ८०८ रुपैयाँमा किनबेच भएको छ ।

सोमबारको १२ समूहको कारोबारमा ७ वटा समूहको उपसूचक बढेका छन भने बाँकी घटेका छन् । कारोबारमा वाणिज्य बैंक समूह ०.८२,जलविद्युत २५.४६, उत्पादन तथा प्रशोधन ५९.८१ अंकले बढेको छ भने जीनब बीमा १३.०६ र निर्जीबन बीमा समूहतर्फ २५.६५ अंकले घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा देखिएको छ। शिवम्को ११ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो र तेस्रोमा प्राइम कमर्शियल बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् ।

सोमबारको कारोबारमा शिवम् सिमेन्ट,हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने हिमालयन डिस्ट्रिलरी, यूनाइटेड मोदी, जोशी हाईड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु