एनआईसी एशिया बैंकको नाफा १४५ प्रतिशतले बढ्यो



काठमाडौं । एनआई सी एशिया बैंक  लिमिटेडले चालु आ.व. २०७५/७६ को तेस्रो त्रैमासको अपरिस्कृतवित्तीयविवरणमिति २०७६ वैशाख३०गते सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साह जनक रहेका छन् । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म वार्षिक विन्दुगत आधारमा १४८प्रतिशत (रु.१ अर्ब ९२ करोड) ले वृद्धि गरी रु.३ अर्ब २२ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५प्रतिशत (रु. १ अर्ब ३५ करोड) को वृद्धि सहित २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा ९३ करोड रहेको थियो ।

बैंकले यस आर्थिक वर्षमा ३३.५प्रतिशत (रु. ५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रु. ७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार २२८ अर्ब १९ करोड पुर्याउन सफल भएको छ । जस अन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४प्रतिशत (रु. २९ अर्ब ) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (रु. ४० अर्ब ५३ करोड) को वृद्धि गरी १४९ अर्ब ५० करोड रनिक्षेप संकलन तर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (रु. २६ अर्ब ८७ करोड) को वृद्धि तथा वार्षिक विन्दुगतआधारमा ३३प्रतिशत (रु. ४४ अर्ब ३७ करोड) को वृद्धि गरी १७८ अर्ब ९ करोड पु¥याउन सफलभएको छ ।

यसरी निक्षेप तथा कर्जामा यस बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शिर्ष स्थानमा रहेको छ ।बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १२४ प्रतिशतले वृद्धि गरी रु. ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पुर्याउन सफल भएको छ ।


क्लिकमान्डु