शाखा लिएर लाहान पुग्यो महालक्ष्मी विकास बैंक




काठमाडौं । महालक्ष्मी विकास बैंकले सिरहा जिल्ला, लहान नगरपालिका वडा नं ४, स्थित लहान शाखा कार्यालयको औपचारिक उदघाटन गरि कारोबार शुभारम्भ गरेको छ ।
उक्त शाखाको समुद्घाटन लहान नगरपालिका कार्यालयका मेयर मुन्नी साह सुडीले गरेका थिए ।
बैँकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत बैंकले सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु