मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा बढी पैसा लगेः पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे



काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले सरकारका मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा बढी कार्यक्रम राखेको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटको सिद्दान्तमाथि टिप्पणी गर्दै पाण्डेले मन्त्री भएपछि मेरा केही योजना हाल्नैपर्छ भन्ने मानसिकता बढी भएको र पैसा बाड्नुपर्ने मानसिकतामा सुधार आउनुपर्ने बताए ।

उनले पूर्व प्रधानमन्त्री डा बाबुरा भट्टराईले बजेटको सिद्दान्तमा गरेको निर्दे टिप्पणी सुहाउने खालको नभए ।

नीति तथा कार्यक्रममा भएका २१८ बुँदा मध्ये १५० बुँदाले  नीति तथा कार्यक्रममा भएका २१८ बुँदा मध्ये १५० बुँदाले पैसा माग गर्ने र यसको लागि समयको हिसाब गर्नुपर्ने बताए ।

सबै योजनामा बराबरी पैसा हाल्ने र काम गर्ने भनेर विना योजना गयौ भने पुनः हराउन सकिने भन्दै पाण्डेले आवश्यत्ताको आधारमा प्राथमिकता किटान गर्नुपर्ने बताए ।

‘अहिले बेरोजगारी र उत्पादन कम प्रमुख समस्या हो,यहीबाट समस्या सधाधान तर्फ लाग्नुपर्छ,’पाण्डेले भने ।

रोजगारी र उत्पादन बृद्धि नगरी व्यापार घाटा कमी नआउने र क्षेत्र अध्ययन गरेर उत्पादन बढाउनेमा ध्यान दिनुपर्ने बताए ।

आयातलाई रोक्ने माध्यम अपनाउन पर्ने भन्दै पाण्डेले निर्यात बढाउने देशहरु माथि पुगेको भन्दै आयात बृद्धिले देश विकसित नहुँने बताए ।

संघीयता आएको तर मानसिकता पुरानै भएजस्ता भएको भन्दै पाण्डेले मन्त्रालयमा पुरानो खाले समस्या देखिको बताए ।


क्लिकमान्डु