पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भने- ब्याजदर बढी भयो, एकल अंकमा राखौं



काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बैंकहरुले लिने कर्जाको ब्याजदर अत्याधिक बढी भएको भन्दै एकल अंकको ब्याजदर राख्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको विनियोजित विधेयक २०७६ का सिद्धान्त तथा प्राथमिकताहरुमाथि टिप्पणी गर्दै उनले सरकारले व्याजदर एकल अंकमा कायम गर्नुपर्ने बताएका छन् ।

‘रामशाहका पालामा समेत १० प्रतिशतभन्दा धेरै ब्याज लिन पाउने व्यवस्था थिएन,अहिले आएर यति धेरै व्याज लिन पाउने व्यवस्था हुनु राम्रो होइन,’ भट्टराईले भने । उनले एकल अंकमा व्याजदर कायम गर्न सकेमा महंगी नियन्त्रण लगायत विभिन्न क्षेत्रहरुमा सहजता आउने उनले बताए ।

सरकारले प्रस्तुत गरेका सिद्धान्त तथा प्राथामिकताहरु निद्रामा लेखेको निबन्ध जस्तो भएको टिप्पणी गरेका छन ।

संसदमा आज पुर्व बजेट छलफलमा बोल्दै डा.भट्टराईले सरकारले बजेट पुर्व संयुक्त छलफल चलाउनु राम्रो भएको तर प्रक्रिया नमिलेको बताएका छन् । सरकारले राम्रोसँग पहिचान नगरी सिद्धान्त र प्राथामिकता प्रस्तुत गरेको उनको आरोप छ ।

‘निद्रा लागेको बेला हाई काडदै लेखिएको निबन्ध जस्तो सिद्धान्त तथा प्राथामिकतमा समेटिएका विषयबस्तुले कतै विरालो बाँधेर श्राद्ध भनेजस्तो हुने हो कि भन्ने डर भएको छ,’उनले भने ।

उनले आर्थिक बृद्धिदरको पहिचान नभएको बताए । उनले मोटाउनु राम्रो भएपनि रोग लागेर मोटाउनु राम्रो नभएको भन्दै आर्थिक बृद्धिमाथि नै प्रश्न उठाएका छन् ।

संघीयताको कार्यान्वयन पुर्ण भयो भन्नु सहि नभएको भन्दै उनले यो विषयका कामहरु बाँकी रहेको बताए ।


क्लिकमान्डु