नबिल नारी उद्यमी सीड क्याम्प हुँदै



ललितपुर । उद्यमी इनोभेसन र नबिल बैंकको संयुक्त आयोजनामा ‘नबिल नारी उद्यमी सीड क्याम्प’ हुने भएको छ । पुल्चोकस्थित ‘इनोभेसन हाइभ’मा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत दुवै संस्थाका प्रतिनिधिहरुले ‘नबिल नारी उद्यमी सीड क्याम्प’ को आवेदन खुला गरिएको जानकारी गराए।

विगत २ वर्ष देखि संचालन गरिंदै आएको उद्यमी सीड क्याम्पको यो महिला(लक्षित संस्करण हो, जसमा कम्तिमा एक महिला सह(संस्थापक रहेका २ देखि ४ जनाको समूहले आफ्नो नविन सोच सहित आवेदन दिन सक्नेछन।

आवेदन खुलेको एक महिनासम्म आवेदन दिन सकिने उक्त कार्यक्रममा स्थापित उद्यमीहरु र दक्ष प्रशिक्षकहरुले एक हप्ता लामो उद्यमशिलता बिकाश तालिम दिने छन्। यसरी तालिम सिद्ध्याएका सहभागीहरु अर्को एक महिना आफ्नो व्यावसायिक योजनामा काम गर्ने छन् र एक महिनापछिको डेमोडे मा लगानीकर्ताको माझ आफ्नो योजना प्रस्तुत गर्ने छन्। यो संस्करणमा जम्मा २० वोटा उत्कृष्ट व्यावसायिक योजनाहरु छनोट भै अर्को चरणमा जाने छन्।

नबिल बैंकका प्रमुख कार्यकारी अध्यक्ष अनिल शाहका अनुसार यो कार्यक्रम यही बसेर केहि गर्छु भन्ने सपना देखि संकल्प गर्ने युवाहरुको लागि आफ्नो व्यावसायिक सपनाको बिउ रोप्ने अवसर हो जसले विशेसत नेपालका कुना(कन्दरामा रहेका यस्ता व्यावसायिक सोच राखेका महिला दिदी (वहिनीलाइ आफ्नो सोच अगाडी बढाउन सहयोग गर्छ।

तेस्तै शाहले उद्यमी इनोभेसनसंग यो पहिलो सहकार्य भएतापनि कार्यक्रमले गति लिंदै जाँदा नबिल बैंक यस्तो कार्यक्रम आउने दिनमा सातै प्रदेशमा लान इच्छुक रहेको जनाए । उद्यमी इनोभेसनका शरद केसीले उद्यमी सीड क्याम्प आफ्नो सोचलाई व्यावासाएमा बदल्ने प्लेटफर्म रहेको र यसले आफ्नो सोचलाई परिक्षण गर्न, परिस्कृत गर्न र सुरुवात गर्न सघाउने बताए।

तेस्तै उद्यमी इनोभेसनको प्रोग्राम संयोजक प्रभा तिमल्सिनाले कार्यक्रमको विस्तृत जानकारी दिंदै अबको एक महिना सम्म आवेदन समय रहेको यस कार्यक्रममा जेस्ठ ३०, २०७६ ( असार ३,२०७६ सम्म बूटक्याम्प हुने र एक महिनाको प्रोडक्ट डेव्लप्मेन्ट पश्चात जुलाई १९ मा डेमोडे हुने जानकारी दिइन। नबिल बैंकको नबिल नारि कार्यक्रम मार्फत यस कार्यक्रम बाट प्रशिक्षित सहभागीहरुलाई थप सहयोग पनि गर्न सकिने कुरा बैंकका अन्य प्रतिनिधिले राखे।


क्लिकमान्डु