सरकारले विश्व बैंकबाट १०० मिलियन अमेरिकी डलर ऋण लिने

168
Shares

काठमाडौं । सरकारले विश्व बैंकले दिन लागेको १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले १०० मिलियन अमेरिकी डलर ऋण लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा संचारमन्त्री गोकुल बास्कोटाले पोलिसी क्रेडिट दोस्रो चरण अन्तर्गत १०० मिलियन अमेरिकी डलर ऋण लिने निर्णय भएको जानकारी दिए ।