कुमारीले गर्यो एकैपटक दुई आर्थिकवर्षको साधारणसभा, चुक्ता पुँजी पुग्यो ८ अर्ब ६८ करोड



काठमाडौं । कुमारी बैंकले एकैपटक दुई अर्थिक वर्षको साधारणसभा गरेको छ ।
बैंकले १७ औं र १८ औं साधारणसभा एकैपटक गरेको हो ।

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७३/०७४ को लागि १२.७५ प्रतिशत बोनस शेयर र आ.व. २०७४÷०७५ को लागि ८.५० प्रतिशत बोनस शेयर गरी जम्मा २१.२५ % बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ८ अर्ब ६८ करोड हुनेछ ।

आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म बैंकले कुल निक्षेप ७७ अर्ब २९ करोड परिचालन तथा कुल कर्जा रकम ७३ अर्ब २४ करोड प्रवाह गरी संचालन मुनाफा १ अर्ब ४२ करोड तथा १ अर्ब खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि ८८ शाखा संजाल, ८३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ३ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु