सेयर बजारमा गिरावट, शिवम् सिमेन्टको सप्लाई कम भएपछि मूल्य बढेको बढ्यै



काठमाडौं । सेयर बजारमा यति बेला शिवम् सिमेन्टको निकै चर्चा हुने गरेको छ । सिमेन्टको सप्लाई कम हुँदा पनि सेयर मूल्य भने बढी नै रहेको छ । यति बेला सेयर बजारमा कमाउने तर्फ हेर्ने हो भने शिवम् सिमेन्टका लगानीकर्ताहरु नै रहेका छन् । शिवम्को मूल्य किन यसरी बढी रहेको छ भन्ने विषयले अहिले निकै चर्चा पाउने गरेको छ ।

यो सातामा सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से मापन गर्ने सूचकमा सामान्य गिरावट आएको छ । सूचकमा गिरावट आएपन शिवम्का लगानीकर्ताहरुले सबै भन्दा बढी कमाएको छन् । यो दिन शिवम्को सेयर मूल्य ४११ रुपैयाँ पुगेको छ । बिहीबार शिवम्को सेयर मूल्य २१ रुपैयाँले बढेको छ ।

बिहीबार सेयर बजारमा ५.६४ अंकको गिरावट आएर परिसूचक १२९१. ९६ बिन्दुमा रोकिएको छ । १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता सेयर ९४ करोड ७३ लाख ४७ हजार ७७६ रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार निर्जीबन बीमा कम्पनी, उत्पादन तथा प्रशोधनको सेयर कारोबारमा सुधार आएपनि बाँकी सबै उपसमूहको कारोबारमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा बिहीबार सानिमा बैंकको संस्थापक समूह अग्रस्थानमा देखिएका छन् । सानिमाको ३२ करोड ५० लाख रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै देस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट र नेको इन्स्योरेन्स क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।


क्लिकमान्डु