महालक्ष्मीविकास बैंकले सामाजिक सुरक्षा अन्तर्गत डडेलधुरमा गर्यो सहयोग



काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत बैंककोे डडेलधुरा शाखाले मातातिर्थ औसीँ(आमाको मुख हेर्ने दिन)को अवसरमा सहयोग गरेको छ ।

बैंकले अमरगढीनगरपालिकाको प्रत्येक वडाबाट एक जेष्ठ नागरिक आमा छनोट गरी कुल ११ जना जेष्ठ आमाहरुलाई सम्मान स्वरुप कपडा, फलफुल तथा मिठाइ सामाग्री वितरण गरेको हो ।

सोही कार्यक्रममा बैंकले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत २ जना अनाथ विद्यार्थीहरुलाई २५ हजारको दरले ५० हजार रुपैयाँ बराबरको छात्रबृत्ति प्रदान गरेको छ ।


क्लिकमान्डु