अर्थमन्त्रीलाई जनताको सुझावः बैंकको स्प्रेडदर साढे ३ प्रतिशत गरौ



काठमाडौं । वाणिज्य बैंकले लिने गरेको निक्षेप र कर्जाको अन्तर(स्प्रेडदर) अझै घटाउन जनताले सुझाव दिएका छन् ।

अर्थसमितिले १० जिल्लामा गरेको सर्वेक्षणमा बहुमतले स्प्रेडदर साढे ३ प्रतिशत गर्नुपर्ने सुझाव दिएका हुन् ।

राष्ट्र बैंकले साढे ४ प्रतिशते स्प्रेडदर हुनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था असार मसान्तसम्ममा लागु गनुगर्नुपर्ने छ । बैंकहरुले गणना विधीलाई मिसम्याच पारेर बढी स्प्रेड लिएको आरोप लाग्ने गरेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडा गभर्नर हुँदा स्प्रेडको व्यवस्था कार्यान्वयन गरेका थिए ।

अर्थसमितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्वेक्षणमा सहभागी १९४ जनाले साढे ३ प्रतिशत स्प्रेडको व्यवस्था राख्नुपर्ने सुझाव दिएका थिए ।

साढे ४ प्रतिशत गर्नुपर्नेमा ५९ जना थिए । साढे ५ प्रतिशत गर्नुपर्नेमा ५५ जना थिए । १८१ जना सहभागीले आफ्नो राय नदिएर तपाईको बिचार भनेर व्यक्त गरेका थिए ।

बजेट सुझावको लागि राष्ट्र बैंकले गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले साढे ३ प्रतिशत स्प्रेडको व्यवस्थ लागु गर्न माग गरेका थिए ।

समितिले जनताबाट संकलन गरेको सुझाव अर्थमन्त्रीलाई बुझाउने छ ।


क्लिकमान्डु