१० खर्ब रुपैयाँ व्यापारघाटा हुँदा सरकारको खातामा २ खर्ब ६५ अर्ब



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा १० खर्ब ६ अर्ब रुपैयाँको वस्तु आयात हुादा सरकारले २ खर्ब ६५ अर्ब रुपैयाँ राजस्व पाएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ महिनाको अवधीमा १० खर्ब ६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ ।

अघिल्लो वर्ष चैत महिनामा ८ खर्ब ७२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा आयातमा २१.७३ प्रतिशतको बृद्धि रहेको छ ।

यस्तै ९ महिनाको अवधीमा ६९ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्षभन्दा १६.८८ प्रतिशतको निर्यातमा बृद्धिदर रहेको छ ।

यो वर्ष ९ महिनामा ९ खर्ब ९१ अर्ब रुपैयाँको घाटाको व्यापार नेपालले गरेको छ ।

नेपालले चैत मसान्तसम्ममा भारतबाट ६ खर्ब ८६ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यस्तै चीनबाट १ खर्ब ५३ अर्ब रुपैयाँको आयात गरेको छ ।

युएईबाट २६ अर्बको वस्तु आयात गरेको छ ।

निर्यात तर्फ भने भारतमा ४४ अर्ब १८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । चीनमा १ अर्ब ५२ करोड रुपैयाँको वस्तु निर्यात भएको छ ।

भन्सार विभागका अनुसार आयातित वस्तुबाट २ खर्ब ६५ अर्ब रुपैयाँको राजस्व उठेको छ । यो भन्सार,भ्याट तथा अन्यशुल्क सबै गरेर हो ।


क्लिकमान्डु