सेयर बजारमा झिनो सुधार



काठमाडौं । मंगलबार सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से मापन गर्ने सूचक १.८७ अंकले बढेर परिसूचक १३०१.२८ बिन्दुमा रोकिएको छ ।

१७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता सेयर ७२ करोड ८८ लाख २८ हजार ७४५ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन सबै भन्दा बढी होटेल समूह १०१.०७ अंकले बढेको छ । यस्तै  डेभलपमेन्ट बैंक २.०२, निर्जीबन बीमा ५.२३, उत्पादन तथा प्रशोधन १५.८१,  अन्य ९.४७, माइक्रोफाइनान्स ४.१२ र जीवन बीमा १.०८ अंकले बढेको छ । बाँकीको कारोबारमा गिरावट आएको छ । कारोबार रकमको आधारमा एनसीसी बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ९४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट र नेपाल  बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

मंगलबार हिमालयन ड्रिस्टीलरी, ओरियन्टल होटल, राधी विद्युत कम्पनीका लगानीकर्ताले कमाउँदा पाँचथर पावर कम्पनी, समिट माइक्रोफाइनान्स, नेशनल हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु